त्रिभुवन विश्वविद्यालयले फागुन २८ गते स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु)  निर्वाचन गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार २० वटा विद्यार्थी संघ संगठनसँग छलफल गरी यस्तो तयारी गरेको हो ।

परिषद्का निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्नेगरी परिषद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आउँदो हप्ता बैठक बसेर फागुन २८ गते निर्वाचन तय गर्नेगरी तालिका सार्वजनिक गर्नेछौं । त्रिविका डीन, संस्थान र निर्देशनालयका पदाधिकारीसहितको बैठकले फागुन २८ गते निर्वाचन गर्ने लिखित सहमति गरेका कारण सोही दिन तय गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारीमा छौं ।’

परिषद्ले निर्णय गरी कार्यकारी परिषद्मा पठाउने व्यवस्था छ । कार्यकारी परिषद्ले सहमति दिएपछि प्रक्रिया अघि बढ्नेछ । निर्वाचन गर्न त्रिविले केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । परिषद्का निर्देशक अधिकारीका अनुसार सबै निर्णय भएमा पुसभित्र निर्वाचन तालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाइने छ ।सोमबारको बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० का अध्यक्ष एवं सांसद सुनिता बराल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, नेकपा एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायत विद्यार्थी संघ संगठनका अध्यक्षले फागुन १४ देखि चैत १४ भित्र जुनसुकै समयमा निर्वाचनको मिति तोक्दा समस्या नहुने धारणा राखेका थिए ।

अनेरास्ववियुका अध्यक्ष एवं सांसद बरालले सबै विद्यार्थी संगठनहरू स्ववियु निर्वाचन गर्ने विषयमा एकमत रहेको बताउनुभयो । केही संगठनले निर्वाचनलाई पूर्ण समानुपातिक गर्नुपर्ने धारणा राखेको भए तापनि सबैको अडान जस्तोसुकै अवस्थामा पनि यो वर्ष निर्वाचन हुनैपर्ने भन्ने नै रहेको बताउनुभयो ।

परिषद्का सदस्यसचिव अधिकारीले बाँकी रहेका सबै तहको परीक्षाफल प्रकाशित भएर नयाँ भर्ना हुने, प्राविधिक विषयका प्रवेश परीक्षा समाप्त भएपछि स्ववियु निर्वाचन गर्न मिल्ने समय फागुन २८ नै भएको दोहो¥याउँदै भन्नुभयो– ‘चैतमा निर्वाचन गर्न केही समस्या छ, सबै विषय मिलेको अवस्थामा फागुन २८ मै निर्वाचन गर्ने उचित मिति हो ।’

निर्वाचन अघि विज्ञान संकायको भर्ना र प्रवेश परीक्षा, चिकित्सा शिक्षा अध्ययन संस्थानको मेडिसिन, कृषि तथा वन संकायको प्रवेश परीक्षा, इन्जिनियरिङको भर्ना, स्नातकोत्तर तहको दोस्रो सेमेस्टर, एमए, एमएडलगायतका विषयको परीक्षा निर्वाचन हुनुभन्दा एक महिनाअघि नै सम्पन्न गर्ने विषयमा डीनहरूसँग सहमति भइसकेको छ ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनको सबै तयारी पूरा गर्न करिब साढे २ महिना लाग्ने अनुमान गरिएको छ । त्रिविको शैक्षिक क्यालेन्डरमा २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यसअघि २०७३ सालमा ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय