धनकुटा ,
नेकपा एमाले शहिदभूमि गाउपालिका गाँउ कमिटी धनकुटाले सहिद पार्कमा आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा पुगेर सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहिदहरुलाई माल्याअपर्ण गर्नुभएको छ ।

उहाँले २०३६ सालमा पञ्चायती शासकहरुद्धरा हत्या गरिएका १६ जना सहिदहरुको शालिकमा माल्याअर्पण गर्नु हुदै सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई कार्यन्वयन गर्दै देशलाई समृद्ध दिगो आर्थिक विकास सहित सहिदको सपना साकार पार्नका लागि एक भएर लाग्नु पर्ने बताउनु भयो ।

साथै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको संगठनात्मक गतिबिधीलाई बलियो बनाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सचिव तथा प्रदेश संसद निरन राई , शहिदभूमि गाउपालिका गाँउ कमिटी अध्यक्ष निर बहादुर राई , उपाध्यक्ष मातृका राई , पार्टीका जिल्ला उपसचिव सुस्मा किराति , जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख एवम गाउपालिका अध्यक्ष मनोज राई , पार्टीका सचिवालय सदस्य तथा गाउपालिका उपाध्यक्ष रत्नशवरी राई लगायत जिल्ला ,प्रदेश गाँउ कमिटी ,वडा कमिटी , विभिन्न जनवर्गिय संगठनका नेताकार्यकर्ताहरुले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गाँउकमिटी सचिव हेमकुमार राईले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय