काठमाडौं ,

चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् ।

यो संख्या अघिल्लो वर्ष यहि अवधिको भन्दा १ लाख बढी हो । विभागले सार्वजनिक गरेको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेशिने युवालेको संख्या ८ लाख बढी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा आर्थिक वर्षको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ ।

विभागको २ आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा चालू आवमा मासिक रुपमा नै बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । गत वर्षको माघ महिनासम्म मासिक औसत ५२ हजार युवाले श्रमस्वीकृति लिएकोमा आर्थिक वर्षमा यो संख्या ६६ हजार रहेको छ । गत वर्षको ७ महिनाको तुलनामा आर्थिक वर्षमा मासिक १४ बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा ३ लाख ५१ हजार ५ सय ५ श्रमस्वीकृति जारी भएकोमा यो वर्ष सोही अवधिमा १ लाख १० बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा ६८(६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रमस्वीकृति लिएको देखिन्छ ।

कोरोनाका कारण विगत २ वर्ष बन्द भएको वैदेशिक रोजगारीमा माग बढेसँगै श्रमस्वीकृति संख्या बढेको श्रम तथा रोजगार विभागले जनाएको छ । मलेसियामा पछिल्लो समय कामदारको माग अत्यधिक बढेका कारण संख्यामा अनपेक्षित संख्या बढेको विभागको भनाई छ ।

अघिल्लो वर्षको यो अवधिको तुलनामा चालू आर्थिक वर्षमा १ लाख १० हजार १ सय ७८ बढीले श्रमस्वीकृति लिएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । विभागका अनुसार पछिल्लो तीन महिनायता साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या भने बढेको छ ।

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी आर्थिक वर्षको सातौं महिनामा समेत उच्च देखिएको छ । साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ जना श्रमिकले श्रमस्वीकृति लिएकोमा पुसमा यो संख्या ६५ हजार ४६४ र माघमा ६४ हजार कायम भएको छ ।

लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आएपछि विगत १ वर्ष यता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३।६८ गुणाले वृद्धि भएर ६ लाख ३६ हजार पुगेको थियो । अहिले त्यो संख्या तेब्बर बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय