विराटनगर ,
७ बुदेँ घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न साधारणसभाले सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रुपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नविकरणलाई सम्बन्धित जिल्लामा नै नविकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका विषय विराटनगर घोषणापत्रमा समेटिएको अकोरावका प्रदेश सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गर्ननहुने बताउनुभयो । राज्यका तीन वटै तहले सामुदायिक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालहरुले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको उहाँको भनाई थियो ।
सामुदायिक रेडियो प्रशारक संघ प्रदेश समिति सामुदायिक रेडियो हरुको हक हित संरक्षका लागि सदैव तत्पर रहेको र आगामी दिनमा प्रदेश सरकार सँगको सहकार्यमा रेडियोकर्मी र रेडियोमा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउने सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशका अध्यक्ष विदुर खवासले बताउनुभयो ।

कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय अध्यक्ष अर्जुृन गिरी, केन्द्रिय उपाध्यक्ष, नेपाल सरकार विज्ञापन वोर्डका सदस्य बन्दना दनुवार, पत्रकार महासंघ कोशि प्रदेस अध्यक्ष लिला वल्लभ घिमिरे, पत्रकार महासंघ कोशि प्रदेसका संस्थापक अध्यक्ष बिक्रम लुईटेल , विज्ञापन वोर्डको सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा कोशि प्रदेस भरका सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारणसभा अघि लैंगिक समानथताका लागि सामुदायिक रेडियो बिषयक कार्यशाला पनि सम्पन्न भएको थियो । उक्त कार्यशालामा लैंगिक समानताका लागि सामुदायिक रेडियोले खेलेको भुमिका, र रेडियोमा बज्ने हरेक सामाग्रीमा लैंगिक समानताका बिषयमा प्रस्तुत गरिएका सामग्रीका विषयमा छलफल गरिएको थियो । कार्यशालाको अकोरावका उपाध्यक्ष वन्दना दनुवारले सहजिकरण गर्नुभएको थियो । रेडियो उदयपुरले उक्त कार्यशाला आयोजना र व्यवस्थापन गरेको थियो ।
कार्यशालाका सहभागिहरुले हाल रेडियो हरुमा बजिरहेका, बिज्ञापन, गीत संगित, समाचार, कार्यक्रमहरुमा लैंगिक विभेद,हिंसा निम्त्याउने खालका सामाग्री प्रशारण गर्न नहुने बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय