गत वैशाख ९ गते विवाह गरेका नायिका वर्षा शिवाकोटी र आशिष गेलालको सम्बन्ध नौ महिनामै टुंगियो ।

२९ फागुनमा गेलालको अर्को बिबाहको खबर बाहिर आएपछि उनले आफूहरू दुई महिनाअघि नै कानुनी रुपमै अलग भएको बताइन् ।

पछिल्लो समय फिल्ममा नदेखिएकी शिवाकोटी फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा देखिने छिन् । फिल्म चैतको १० गतेबाट फ्लोरमा जानेछ ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।

खगेन्द्र लामिछानेको लेखन रहेको फिल्ममा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाज र सुभाष गजुरेलको संगीत रहनेछ । टुकी आर्ट्सको ब्यानरमा खगेन्द्र लामिछानेले फिल्मको निर्माण गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय