काठमाण्डौ,

नेपालको सार्वजनिक ऋण बढेर २० खर्ब ७९ अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालको सार्वजनिक ऋण ३ दशमलव ३९ प्रतिशतले बढेर २० खर्ब ७९ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

साउनदेखि फागुनसम्म सरकारले ८५ अर्ब रुपैयाँ आन्तरिक र ६२ अर्ब रुपैयाँ वैदेशिक गरी १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिएको छ । यस्तै ८ महिनामा सरकारले ६२ अर्ब आन्तरिक ऋण र १८ अर्ब बाह्य ऋण गरि ८० अर्ब रुपैयाँ चुक्ता गरेको छ । ८ महिनामा १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिँदा पनि ८० अर्ब रुपैयाँ चुक्ता गरेकाले सरकारको ऋण ६८ अर्ब रुपैयाँले मात्रै बढेको हो ।

कुल ऋणमध्ये १० खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत सरकारले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।

सार्वजनिक ऋण वर्षेनी बढिरहँदा यसको सहि उपयोग नभएको र कतिपय अवस्थामा ऋण लिएर चालु खर्च समेत गरिरहेको भनेर सरकारको आलोचना हुँदै आएको छ । नेपालको ऋण कुल गाह्रस्थ उत्पादनको ४१ प्रतिशत भन्दा धेरै पुगेको भन्दै अर्थ विज्ञहरुले चिन्ता जनाउन थालेका छन् ।

अर्थविद् डिल्लिराज खनालले सरकारले ऋण थपिरहने र ऋणको सदुपयोग नगर्दा तथा पुँजी निर्माण बाहेकका काममा खर्च गर्दा दीर्घकालीन रुपमा ठूलो संकट आउनसक्ने चेतावनी दिनुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय