धनकुटा
नेकपा एमाले धनकुटाको मिशन ग्रासरुट अभियानका अभियान्ताहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियान्ताहरुलाई अभियानकाबारेमा प्रशिक्षण दिईएको छ ।

धनकुटा जिल्लाका प्रमुख अभियान्ताहरु पार्टीका केन्द्रिय सदस्य,जीवन घिमिरे, लक्ष्मी गौतम, कोशी प्रदेश सचिवालय सदस्य मुरारी सुवेदी, जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनसंगठन परिचालन सम्बन्धि पार्टीको नीतिगत व्यवस्था,समाजवादको आधार निर्माण, समाजवाद निर्माणका लागि बाँधक पक्ष,जबजलाई तल्लो तहसम्म पुर्याउने,जबजको कार्यनीति, संगठनात्मक अवस्था,दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजक्ताको प्रमुख चुनौती बारेमा प्रशिक्षण दिईएको छ ।

पार्टी नेतृत्व,मातहतका कमिटी,जनवर्गीय पेशागत संगठनहरुको विषयमा पनि अभियान्ताहरुलाई प्रशिक्षण दिईएको नेकपा एमाले धनकुटाले जनाएको छ । फागुन ५ गतेबाट धनकुटामा नेकपा एमालेको मिशन ग्रासरुट अभियान चलिरहेको छ । कार्यक्रममा प्रदेश ,जिल्ला र विभिन्न जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन उपसचिव शिव आङलाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय