काठमाडौ ,
उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।

बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।

साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय