धनकुटा ,

धनकुटा नगरपालिका वडानम्बर ६ का ७८ जनाकिसानलाई कृषि सामाग्रीवितरण गरिएको छ ।
वडाको कृषि क्षेत्रमाविनियोजित बजेट कार्यक्रमअन्तर्गत पाङसिङ्ग, खाल्डे, ,सृर्जनसिल टोल बस्ति, गोठ गाउ लगायत वडाका कृषकलाई ती कृषि सामग्री बितिरण गरिएको हो । कृषिकार्य गर्न सजिलो होस् भन्ने उधेश्यले बिभिन्न कृषि सम्बन्धी सामाग्री हजारी,स्प्रे ट्यांकी, कीरा नियन्त्रकपासो , विउविजन , मललगायत कृषि सामाग्रीवितरण गरिएको वडाध्यक्ष मिलनखड्गीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत कृषिऔजार सामाग्री,बिउबिजन सगै आवश्यक क्षमता बिकास तालिमहरु आगामी दिनमा सञ्चालन गर्ने समेत वडाध्यक्ष खड्गीले बताउनुभयो । कृषि सामग्रीको उपयोग गरेर राम्रो उतपादन गर्न सके वडानम्बर ६ ले कृषि क्षेत्रमाअझलगानी गर्ने र नगरपालिका मार्फत पनि थप योजना र कार्यक्रमल्याउन का लागिपहल गर्ने उहाँले बताउनुभयो ।

परम्परागत रुपले कृषिकर्म गर्दै आएका किसानलाई उपलब्ध भएका कृषि सामाग्रीले आधुनिकीकरण संगै कृषि उत्पादनबढ्ने किसानहरुले बताएकाछन । कृषिऔजार कार्यक्रममा वडाध्यक्ष मिलन खडगी, कार्यापालिका सदस्य रेजिना हिंमाङ्ग, वडासदस्यहरु पुरुसोतम अर्याल, कुशुम जोशिश्रेष्ठ र मनकुमारी राई तथा संचारकर्मिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय