धनकुटा चैत २८ ,

कोप्चे क्षेत्र र पेरिफेरी तथा“कोप्चे पुनर्जागरण अभियान” का बारेमा आम नागरीकलाई जानकारी प्रदान गर्ने र ऐतिहासिक ,सास्कृतिकतथाप्राकृतिक मौलिकताको संरक्षण र प्रबद्र्धन गर्ने उद्येश्यले प्रथम कोप्चे फेष्टिवल आयोजना हुने भएको छ ।

मौलिक नेवारी र आठपहरीया कला ,सस्कृति ,भेषभुसा , रहन सहन ,खानाको संरक्षण र प्रवद्र्धननार्थ २०८० बैषाख १ देखि ३ गते सम्म धनकुटा नगरपालिका वडा नं ५ विहिबारे हटियामा प्रथम कोप्चे फेष्टिवल आयोजना हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गरइएको छ । “कोप्चे पुनर्जागरणअभियान” को आयोजनातथा सामाजिकविकासकालागियुवाहरुको प्रयास  (YESD  )को संयोजनमाआयोजनाहुनलागेको प्रथम कोप्चे फेष्टिवलमा“मौलिकता संरक्षण , पर्यटनप्रबद्र्धन”भन्ने मुल नारा रहेको आयोजकले जनाएको छ ।

फेष्टिवलमा सबै क्षेत्रलाई समेटेर १५ वटा स्टल रहने र करिव २० हजार आन्तरीक तथाबाह्य पर्यटन भित्राउने लक्ष आयोजकको छ । नेवारी र आठपहरीय जातिको सस्कृतिक नृत्य तथा संगित प्रस्तुतहुने फेष्टिवलमा करीब ६ लाख रुपैया खर्चहुने आयोजक समितिका संयोजक रिजन पोखरेलले जानकारी दिनुभयो । फेष्टिवलमा नेवार र आठपहरीयको मोलिक खानाको स्टलहरु, धनकुटाका पुरानातस्विरहरुको प्रद्धशनी सन्देश मुलक चलचित्र प्रद्र्धशनी तथा सस्कृती संरक्षण र पर्यटन विकासका लागि सरोकारवला सग अन्तरक्रिया समेत गरिन आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय