धनकुटा चैत ३० ,

नेकपा एमाले सहिदभूमि गाँउकमिटी धनकुटाको “ मिसन ग्रासरुट ” पार्टी सुदृढिकरण तथा विस्तार अभियान विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै सम्पन्न गरेको छ । पार्टीको २ महिने अभियान अन्तरगत सहदिभुमि गाउपालिकामा   पालिका स्तर , ७ वटा वडाको वडा स्तर र ३९ वटा टोलमा टोलस्तरीय भेला बैठक ,प्रशिक्षणका कार्यक्रम बनाएर अभियान चलाएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख मनोज राईले जानकारी दिनुभयो ।

अभियान समापनको अवसरमा नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष एवंम पुर्व बाग्मती प्रदेशका मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै समापन गरिएको स्कुल विभाग प्रमुख राईले बताउनु भयो । अतिरिक्त क्रियाकलापमा हाजिरीवाफ,हाडिफोर र भालेजुदाइ प्रतियोगिता सञ्चालन भएको थियो । हाजिरीजवाफ प्रतियोगितामा नेकपा एमाले ३ नम्वर वडा कमिटी प्रथम , अखिल नेपाल महिला संघ पालिका कमिटी दोस्रो र तेस्रो अनेरास्ववियु अखिल नेपालस्वतन्त्र विद्यार्थी युनियन सहिदभुमि भएकाछन् । उनिहरुले क्रमस नगद २ हजार ५ सय प्रमाणपत्र , १ हजार ५ सय प्रमाणपत्र र १ हजार पुरस्कार पाएकाछन् । हाजीरीजवाफ प्रतियोगितामा ७ वटा टिमको सहभागिता थियो ।


यस्तै महिलाहरुका लागि सञ्चालन हाडीफोर प्रतियोगिता तर्फ सहिदभुमि वडा नं २ का मिना परियार प्रथम हुदै रु ५ सय सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । भालेजुदाई प्रतियोगिता तर्फ सहिदभुमि वडा नं ६ पोक्लाका सान्ता कुमार राई प्रथम र दोस्रो वडा नं ६ कत्तिकेका तारामान राई भएकाछन् । उनिहरुले नगद ५ सय र ३ सय सहित प्रमाण पत्र पुरस्कार पाउन सफल भएको छ ।

कार्यक्रममा केन्द्रिय कमिटी सदस्य तथा कोशि प्रदेश सहइन्चार्ज धनकुटा जिल्लाको अभियनका मुख्य अभियान्ता जिवन घिमिरे , केन्द्रिय सल्हाकार परिषद सदस्य गोपाल गुरागाई ,कोशि प्रदेशकमिटी उपाध्यक्ष टिकाराम चेम्जुङ , जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश सभासदस्य इन्द्रमणी पराजुली , प्रदेश कमिटी सदस्य टंक चौहान ,प्रदेशकमिटी सदस्य विमला दाहाल घिमिरे ,जिल्ला सचिवालय सदस्य तथा जिल्ला समन्वय प्रमुख निरन तामाङ ,जिल्ला , पालिका कमिटी , वडा कमिटीका नेताकार्यकर्ताको उपस्थिति थियो । नेकपा एमाले सहिदभूमि गाँउकमिटी धनकुटाका अध्यक्ष निर बहादुर राईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम र वनभोज पनि आयोना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय