धनकुटा
आँखा उपचार सम्बन्धीजनचेतना फैलाउने उद्येश्यका साथ धनकुटाका पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ ।
नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना,डा.रामप्रसाद आँखाअस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटामा क्रियाशिल पत्रकारहरुको आँखाजाच गरिएको नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।शिविरमा करिब ३० जनापत्रकारको निःशुल्कआँखाजाँचतथाऔषधि र चश्मावितरण गरिएको उहाँले बताउनुभयो ।

पत्रकारहरु  चौबीसै घण्टा कम्प्युटर र मोबाइलमा समाचार लेख्न व्यस्त रहने जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहने हुँदा आँखाको स्थितिबारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो । पत्रकारहरु रिर्पोटिङमा हिँडि राख्नुपर्ने भएकाले स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन आँखा जाँच शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय