धनकुटा जेठ १२
शैक्षिक सुधार तथा विद्यालय व्यवस्थापनका लागि सहिदभुमि गाँउपालिका धनकुटाले विभिन्न तालिम तथा कार्यशालालाई अगाडि बढाइरहेको छ । गाँउपालिकाको सभाहलमा  बिहिबार देखि गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाकाको आयोजनामा ३ दिने एकिकृत पाठ्यक्रम तथा विद्यार्थि मुल्याङ्कन सम्बन्धि तालिम सुरुभएको छ । गाँउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सुरुभएको तालिमा मावि ,निमावि र प्राविका गरी जम्मा ३५ जना प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा पाठ्यक्रम प्रारुप २०७६ परिवर्तन भएर आएको व्यवस्थामा भएको कुराहरु प्रशिक्षक योगेन्द्र चापागाईले सहजिकरण गरिरहनु भएको छ ।

यस अघि गाँउपलिकाको तल्लो भेगका लागि वडा नं १ मा रहेको आर्दश मावि सफाइ धापमा २० जना शिक्षकहरुलाई ३ दिन सम्म एकिकृत पाठ्यक्रम तथा विद्यार्थि मुल्याङ्कन सम्बन्धि तालिम प्रदान गरिएको गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राबिधिक बद्रि कार्कीले जानकारी दिनुभएको छ । त्यस्तै गरी गाँउपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय लेखा प्रणालि (sas ) ५  दिने अनलाईन वेश तालिम सम्पन गरेको छ ।

तालिममा मावि,निमाविका प्रधानाध्यापक र लेखा सम्बन्धि कर्मचारी गरी २४ जनाको सहभागिता रहेको शाखाका सहायक प्राबिधिक कार्कीले बताउनु भयो । तालिममा विद्यालयमा अनलाईन बाट कसरी लेखा सम्बन्धि अपडेट राख्ने र लेखा व्यवस्थापन लगायत विषयमा कोषनियन्त्रक कार्यलय धनकुटाका प्रमुख धुव्र कार्की र पालिकाको लेखा अधिकृत नितेश कुमार यादवले प्रशिक्षण दिनु भएको शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राबिधिक कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय