धनकुटा असार १४ ।
सहिदभूमि गाउपालिका धनकुटाले ९ जना दलित समुदाएका छात्रछात्रालाई छात्रवृति वितरण गरेको छ । गाँउपालिकाले बजेटको व्यवस्थाा गरेर ब्याचलचर/ ब्याचलर भन्दामाथि अध्ययनरत विद्यार्थि छनौट गरेर दलित समुदायका विद्यार्थिहरु निरन्तर अध्ययलाई अगाढि बढाउदै उच्चशिक्षा हासिल गर्नका लागि प्रेरणा मिलोस भनेर गाँउपालिकाले हरेक वर्ष छात्रवृति वितरण गर्दै आइरहेको गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

जस अनुसार वडा नं ४ का एम.एड पढ्दै गरेका विपिन वि.क लाई ११ हजार ,सहिदभूमि वडा नं २ का बी.एड मा अध्ययनरत शुशिला वि.क ,वडा नं १ का सिमा विक ,सम्झना परियार ,डानसर विक, विनिता विक, शुस्मा मग्राती , सम्झना मग्राती , लक्ष्मी शाहशंकर बीबीएस अध्ययनरत विद्यार्थीहरुलाई ८/८ हजार गरी ७५ हजार छात्रवृति वितरण गरिएको शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख मनोज कुमार पौडेलले बताउनुभयो ।

यो पनि

साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।

हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय खुल्न बाँकी छ ।

नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् । घटनाको अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए ।

सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए ।

यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए ।

यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय