धनकुटा । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं ६ सिधुवा स्थित सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था मार्फत सञ्चालन भईरहेको गाई स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत दोस्रो वर्षको फलोअप कार्यक्रम सुरुभएको छ।

प्रदेश १ सभा सदस्य एवंम न्याय प्रशासन तथा विधायन समितीका सभापति ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा एक कार्यक्रका बिच दोस्रो चरणको फलोअप कार्यक्रम सुरुवात गरिएको संस्थाका अध्यक्ष प्रेम प्रसाद ढकालले जानकारी दिनु भयो । कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सभा सदस्य एवंम न्याय प्रशासन तथा विधायन समितीका सभापति ईन्द्रमणी पराजुलीले प्रदेश सरकारले यस क्षेत्रमा गाई स्रोत केन्द्रको सम्भावना पहिचान गरि किसानहरुलाई समय अनुसार व्यवस्थापनका लागि यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । अब यहाँका किसानले यस अघि मंहगो भाडा तथा मंहगो मुल्य तिरेर टाँढा टाँढा बाट गाई ल्याएर व्यवसायिक रुपमा दुग्ध उत्पादन गरिरहेका थिए ।

अब किसानको समस्या समाधान हुने भन्दै उहाँले यस क्षेत्रमा स्रोत केन्द्रको स्थापना गरेर गाई उन्त जातका गाई उत्पादन गरेर अन्य ठाउमा पनि निर्यात गरि आयआर्जनको स्रोत वृद्धि गर्न सक्ने बताउनु भयाे । त्यस्तै गरी कार्यक्रममा जिल्ला समन्वय समिति धनुटाका प्रमुख टंक चौहानले तिनै तहका सरकारकाले कृषकलाई आत्मा निर्भर तथा जिवन स्तर सुधारका लागि सहयोग गरिरहेको भन्दै अहिले धेरैको जिवन स्तरमा सुधार आइसकेको दावी गर्नु भयो । कार्यक्रममा छथरजोरपाटी गाउपालिका अध्यक्ष सेर बहादुर लिम्बु , महालक्ष्मी नगरपालिकाको मेयर पर्शुराम नेपाल ,पशुपंक्षी तथा मस्तय विकास निर्देशनालयका प्रमुख डा. लेखराज दाहाल ,खगेन्द्र प्रसाद सुवेदि , भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाका प्रमुख देव कुमार दर्नाल ,पशुचिकित्सक राम नारायण शाह, प्रधानमन्त्री परियोजना ईकाई सञ्चालक मेग राज खड्का ,बजार व्यवस्थापन समिति अध्यक्ष शिव कुमार श्रेष्ठ , सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष निल बहादुर थापा लगायतले अनुदान तथा सहि ठाँउमा सदुपयोग गर्न आवश्यक रहेको भन्दै सहि ठाँउमा सदुपयोग भएमा चाहाना अनुसार सोचे अनुरुपको उपलब्धि हासिल गर्न कृषकहरुलाई आग्रह गर्नु भयो । याे वर्ष ३५ लाख ९५ हजार बराबरको याेजना सञ्चालन गर्ने सहकारीले जनाएको छ ।

त्यस्तै गरि याे साल उन्नत जातका काेरेली खरिद गरि ५० वटा कृषकलाई वितरण गरिने जनाएको छ । गत साल ७६ लाख २५ हजार बराबरको विभिन्न सामाग्री ,तालिम सहित किसानलाई १ सय ४० वटा उन्नत जातका काेरेलि गाई खरिद गरि वितरण गरिएकाे सहकारीले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय