पोखराको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई सम्पर्कले नयाँ आशा जगाएको छ। फ्लाई दुबईको पोखरा–दुबई सिधा उडान सुरु भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रु आवागमनको सम्भावना बढेको छ। यसले विदेशी पर्यटकलाई सिधै पोखरा पुग्न सहज बनाउनुका साथै होटल, ट्राभल, ट्रेकिङ तथा पर्यटन व्यवसायमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

तर पोखराको पर्यटन क्षेत्रको अपेक्षा दुबईमा मात्रै सीमित छैन। पर्यटन व्यवसायीहरूले अब भारतको राजधानी दिल्लीसहित प्रमुख सहरबाट पनि पोखरामा नियमित सिधा उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पोखरालाई भारतका प्रमुख सहरसँग हवाई सम्पर्कमा जोड्ने, थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने तथा भिसा सेवालाई सहज बनाउने विषयलाई प्राथमिकताका साथ उठाउन व्यवसायीहरूको आग्रह छ।

विशेषगरी भारतीय पर्यटक, धार्मिक यात्रु, हिमाल तथा पदयात्रामा रुचि राख्ने विदेशी पर्यटक र भारतमा उपचारका लागि जाने नेपाली नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

अब प्रश्न छ—दुबईसँग जोडिएको पोखरा कहिले दिल्लीसँग पनि सिधै जोडिएला?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग र नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय