दोलखा ।रामेछाप र दोलखा जिल्लाको सिमाना तथा पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बलेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका, राजभिर टासी छोलिङ गुम्बाका धर्मगुरु सोनाम हयोल्मोको पहल र नेपाल विद्युत प्राधिकरणको सहयोगमा पहिलो पटक शैलुङको छर्योतेन र भ्युटावरमा बिजुली बलेको हो। गाउँपालिकाको खोलाखर्कदेखि शैलुङको भ्युटावरसम्म करिब एक किलोमिटर बिजुली विस्तारको लागि पोल र तार प्राधिकरणले उपलब्ध गराएको थियो ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले करिब आठ लाख रुपैयाँ लगानीमा शैलुङ डाँडामा विद्युतीकरण गर्ने काम सम्पन्न भएको थियो। शैलुङ्गको सौन्दर्य लाइ ध्यान राख्दै करिब एक सय भन्दा बढि बिजुलीको तार अण्डरग्राउण्ड गरिएको छ ।
शैलुङ्ग डाँडामा रहेको छ्र्योतेन र भ्युटावरमा बिजुली बलेसँगै शैलुङ्गमा नयाँ आकर्षण थपिएको छ । पर्यटक लाइ बेलुकि समयमा घुम्न जाने पर्यटकहरुको लागि शैलुङ्गमा उज्यालो थपिएको छ ।