दोलखा ।दोलखामा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) को जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।
समाजवादीको पाटी कार्यालयमा भएको भेलाले तारा तामाङको अध्यक्षतामा ७५ सदस्यको कमिटी गठन गरेकाे छ। त्यसैगरी कमिटीको सचिबमा जतना खड्का ,सह सचिवहरुमा जानुका निरौला ,देवी वस्याल र कल्पना जिरेल कोषाध्यक्षमा गिता ढुङ्गेल चयन गरिएको थियो।
कार्यक्रममा समाजवादीका नेता शिब प्रसाद भण्डारी ,जिल्ला अध्यक्ष भीम प्रसाद दहाल , उपाध्यक्ष भुवन के.सी , नेता दिनेश शिवाकोटी तथा युवा संघ दोलखाका सह अध्यक्ष रामहरी शिवाकोटी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।












