नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने भने नरहेको स्पष्ट पारे। ‘अहिले पनि यो सरकार ढाल्दिउ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिउ भन्ने हो भने। यस्तैयस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाली दिन्छौं। लोभीपापीहरु छन, दिए भईगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र,’ उनले भने।

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय