ईतिहासको अर्को नाम काभ्रे महाभारत क्षेत्र पुर्बमा तेमाल पश्चिममा नमोबुद्द उत्तरमा सिन्धुपाल्चोक दोलखा दक्षिणमा चुरे पर्वत कोखाजोर सिन्धुली मरिनका विविध क्षेत्रहरु ईत्यादी देखिने ठाउँ जुन स्थानको नाम भुमेचुली रहेको छ।पर पुर्बज कालमा महाभारत बुढाखानी ४ मजुवा स्थित एक मानिस बसोबास गरेको रहेछ।

महाभारत रज्जे डाडा गाउँ

यो भुमेचुलीमा रहेको ज्योहोको बारेमा एक सत्यको भगवान हो।सफा मनले आफुले चाहिएको कुरा माग्यो भने अवश्य नै पूरा हुने पुर्ण बिश्वास रहेको पाईन्छ। भुमेचुली भगवानलाई हेर्दा खेरी खासै ढुङ्गाको शिला मात्रै देखिन्छ।तर यस भित्र निकै नै भावहरु लुकेको पाईन्छ।भुमेचुलि भगवानका बारेमा ब्यक्ती पिच्छे फरक फरक कहानी बताएको पाईन्छ।खासै भन्नू पर्दा भुमेचुली भगवानको एक कहानी तर लामो नै छ।महाभारत भन्ने नामले बुढाखानी देखि लिएर गोकुले घर्तिछाप सम्मलाई समेटिन्छन।जुन क्षेत्रमा अरु ठाउँमा भन्दा बढी टार नै टार रहेको पाईन्छ।जस्तै कोल्टार सिमलटार महादेवटार जुन क्षेत्रको भैरवस्थान भन्ने ठाउँमा कार्तिकको पुर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दथ्यो कारणवश मेलामा जहिले झडप हुने हुदा मेलामा भेला निकै न्यून हुदै गएको स्थानिय सुमन भ्रोसिङ्गरले बताउनु भएको थियो।यसै क्षेत्र भित्र तीन खुट्टे मेला पनि ठूलो नै लाग्दथ्यो।फोक्सिङ्सिङ्टार ,अग्रेटार, भाङ्टार, छाङ नमुनटार,गलटार,खानीटार,ग्वाङ टार यस महाभारत क्षेत्र भित्र विभिन्न जात जातिका मानिसहरुको बसोबास गरेका पाईन्छन।

माहाभारत देबिटार गाउ

विशेष गरि वडा नम्बर-४ को गोष्डाडा भन्ने गाउ पुरै मगर मात्रै जातको बसोबास भएको पाईन्छ।उहिले उहिले महाभारतका मानिसहरु धान लिन मरिन तेल्ने भन्ने ठाउँ जानू पर्थ्यो नुन लिन बनेपाको खडपु देखि भक्तपुर सम्म जानू पर्दथ्यो।आधुनिक बिकास सङ्गै काभ्रेको महाभारत गाउपालिका निकै नै बिकसित भएको देखिन्छ।सर्व प्रथम लघु जल विद्युतको  उत्पादन महाभारत ४ बुढाखानी मजुवा खुदुर्के खोलाबाट भएको थियो।विगतमा भन्दा आगमी दिनहरुमा धेरै भन्दा धेरै बिकास भईसकेको पाईन्छ।पहिले बुढाखानी ४ मजुवाका बाल बालिकाहरु प्राथमिक शिक्षा सके पछि महाभारत ५ चारकिल्ला ग्रामोन्नती नि.मा.वि मा जानू पर्थ्यो त्यहाँ पनि जम्मा ८ कक्षा सम्म मात्रै थियो।नि.मा.बि शिक्षा सकाएर फेरि रोशी गाउपालीका स्थित वाल्टिङ भन्ने ठाउँमा जान वाध्य थियो।खुशिको कुरा केही बर्ष अघि मात्रै महाभारत ५ चारकिल्लामा +2 सम्मको शिक्षा सन्चालनको निम्ति दुई ओटा बिल्डिङ निर्माण गरि सकेका कुरा स्थानिया बासी अनिश मोक्तनले बताउनु भएको छ।महाभारत क्षेत्रमा बिकासको क्रम जारी नै रहेको छ।

महाभारत थाम लेक

महाभारत पनि एक हरियाली रमणिय स्थल रहेको छ।महाभारत गाउमा रहेका विभिन्न गुम्बाहरुको नाम माध्ये दुईवटा गुम्बाहरुको नाम महादेवटार स्थित देक्षेण गुम्बा महाभारत ४ स्थित साल्मे गाउको सोग्छेन शान्ती गुम्बा हो।त्यसै गरि महाभारत -५ स्थित गोपे डाडामा पनि भगवान मुर्ती निर्माण भईसकेका छन यस क्षेत्रमा ३ ओटा बराबरी देखिने डाडा रहेको पाईन्छ।१.भुमेचुली २.थाप्ले चुली,३.म्युङमान चुली रहेको छ।जुन यो ३ ओटा डाडामा रहेको ज्योह्योहरुलाई पर पुर्बज काल देखि नै सत्यको भगवान मान्दै आएको पाईन्छ। यस क्षेत्रको विशेष पर्यटकिय स्थल चाहिँ भुमेचुली डाडालाई नै लिएको पाईन्छ।

महाभारत ५ स्थित खुई लप्चिर झर्ना

निष्कर्शमा हाम्रो तामाङ साङ्गितिक क्षेत्रमा अग्रसर अनि जुन सुकै गीतमा तेमाल र महाभारतको मात्रै नाम बढी जोडिने गर्दछ।कारण यो होकि तामाङको हृमठिम उत्पत्ती भएको तेमाल अनि बिस्तारै हृमठिम सर्दै गएको महाभारत तिर तेमालमा महाभारतमा जत्ती हृमठिमलाई नमनाउनुको कारण नजिकको तिर्थ हेला भने जस्तै हो।तेमालमा पनि हृमठिम हराई सकेको नै त होईन तर पनि पहिले भन्दा निकै न्यून हुँदै गएको पाएको छु।सके सम्म तेमाल महाभारत मिलेर हाम्रो हृमठिमलाई सक्दो मजबुध बनाउनु कोसिस गर्नु पर्ने जरुरी देखिन्छ।

धनराज लामा तेमाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय