दोलखा कार्तिक ७।चरिकोट अस्पतालमा रहेको पिसिआर ल्यावमा ३ जनाको स्वाव परिक्षण गरिएकामा एक जना र पालिकाहरुमा ४३ जनाको एन्टिजिन परिक्षण गरिएकामा २ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका २ पुरुष र एक महिला रहेका छन् । ३ जना संक्रमित थपिए सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यस्तै आज भिमेश्वर नगरपालिकाबाट ४ पुरुष र ५ महिला निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएका १६ जना होम आईसोलशनमा बसी स्वास्थ्य लाभ लिईरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।













