प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ ।
४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको दमक, विर्तामोड र कनकाईमा ६–६, शिवसताक्षी, भद्रपुर , अर्जुनधारा र मेचीनगरमा २–२, गौरादह, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १७, सुन्दरहरैचामा ६, बेलबारीमा २, पथरीशनिश्चरे, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ७, रामधुनीमा २, इलामको माईमा २, इलाममा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय