नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम अधिवेशसन धनकुटा जिल्लाको ६० वटै वडामा सर्वसम्त नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोहि क्रममा पाख्रिबास नगरपालिकाको वडा नं ९ मा अरुण घिसिङको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ ।
उपाध्यक्षमा पहलमान घिसिङ,सचिव बलेन्द्र ठाडा ,सहसचिव मनिसा आले ,प्रेम मोक्तान र लिल बहादुर मगर गरी जम्मा ३१ सदय वडा कमिटी गठन गरिएको छ । कार्यक्रममा पार्टीका जिल्ला सल्लाहाकार रुद्र मस्राङ्घीको निर्वाचन मण्डलले सर्वसम्त रुपमा नया नेतृत्व चयन गरिएको घोषणा गर्नु भएको थियो । निर्वाचन मण्डलका सदस्य विष्णु प्रसाद धमला ,लोकेन्द्र घिसिङ र निर्वाचन अधिकृत सम्झना आलेले नयाँ वडा कमिटीको नामावली घोषणा गर्नु हुदै सफथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा पार्टीका जिलला कमिटी सदस्य तथा नगरका उपप्रमुख देबकला तिमलसिना, जिल्ला तथा नगर र वडा का नेताहरु लेकेन्द्र घिसिङ,विष्णु प्रसाद धमला ,खेम राज घिसिङ,जय बहादुर मोक्तान ,यज्ञ घिसिङ ,वडा अध्यक्ष चन्द्रलाल घिसिङ र पार्टीका जेष्ठ नेता हरुको तर्फबाट रत्न बहादुर मगर लगायतले शुभकामना मनतव्य राख्नु हुदै देश र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको भन्दै एमाले पार्टी बाट मात्र आर्थिक समृद्धि हासिल गर्न सक्ने दावी गर्नु भयो ।
त्यस्तै गरी उहाहरुले आगामि निर्वाचनमा जुनसुकै विभिन्न गठबन्धन बाधेर आएपनि एमाले पार्टी एक्लैले परास्त गर्दै देशकै पहिलो शक्तिसालि पार्टी बन्ने दावी गर्नुृ भयो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई खदा तथा अबिरले सम्मान गरेका थिए । कार्यक्रमको स्वागत मनतव्य पार्टीका नगर सदस्य हरीलाल मोक्तानले राख्नु भएको थियो ।












