दोलखा,कार्तिक ९। दोलखाको मेलुङ गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमालेको वडा कमिटी सर्वसम्मत गठन भएको छ।
मङलबार मेलुङ गाउँपालिकाको वडा नम्बर -३ घ्याङमा भएको अधिवेशनले बाबुलाल तामङ थोकरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको हो। तेसै गरि उपाध्यक्ष मा यज्ञ बहादुर कार्की (राम्जी)सचिबमा राम बहादुर कार्की र उपसचिवमा कृष्ण बहादुर खड्का,सुशीला कोइराला (नेपाली) निर्बाचित भएको छ ।नब निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रमुख अतिथि नेकपा एमाले जिल्ला उपध्यक्ष नर बाहदुर श्रेष्ठ बिशेष अतिथी नेकपा एमाले मेलुङ गाउपालिका इन्चार्ज हिरा कुमार थोकर लगायतले खादा, माला र टीका लगएर बधाई तथा शुभकामना दिनुभएको छ।
अधिबेशनमा विभिन्न पार्टी परित्याग गरि ७ जना मेलुङ गाउपालिका ३ को नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय