काभ्रे,कार्तिक ९।काभ्रेको तेमाल गाउपालिका ५ स्थित सत्य नारायण मन्दिर नकिकै रहेको प्राचिनकाल देखि मनाउदै आएका २ ओटा स्वायम्बु र बौद्द (झ्यारुङ खास्योर र फाग्पा सिङ्कुन) धार्मिक प्रवचनका साथ सम्पन्न भएको छ ।

प्रवचन धर्म गुरु श्री ङावाङ दोर्जे लामाबाट प्राण प्रतिष्ठान बौद्द स्वयम्बु स्तुपा वाङको उत्घाटन भएको थियो।कार्यक्रम मा भक्तजनहरुको बाग्लो उपस्थित रहेको थियो। स्थानिय लामा गुरुहरु र आनीहरुको पनि उपस्थित रहेको थियो।
काठमाण्डौमा बौद्द र स्वायम्बु निर्माण गरे लगतै काभ्रे तेमालका पुर्खाहरु काठमाण्डौमा निर्माण भएका स्तुपा दर्शन गर्न जान दुरी टाढा अनि असहज भएकाले त्यसै कुरालाई आधार मानी काभ्रेको तेमाल गाउपालिका ५ स्थित श्री सत्य नारायण मन्दिरको नजिकै दुई ओटा ढुङ्ग गाडेर त्यस दुई ढुङ्गलाई नै एउटा बौद्द अनि अर्को स्वयम्बु नामकरण गरेको थियो।त्यसै क्रममा सो ढुङ्गालाई मध्य नजर राख्दै सोही नमुना स्वायम्बु र बौद्द भावी पुस्ताले थाहा नहुने भएकाले अर्थात थाहा हुदैन भनेर त्यस दुई ढुङ्गा सोही स्थानमै सानो स्तुपा निर्माण गरिएका कुराहरु स्थानीयले जानकारी गराउनु भयो।

यस स्तुपा निर्माणको लागि देश तथा बिदेश संघ सस्थाबाट सहयोग मिलेको छ।हाल सम्म पनि विभिन्न संघ सस्थाहरु बाट सहयोग आइरहेको स्थानीय ले बताउनु भएको छ ।












