धनकुटामा माओवादि पार्टी सकिदै गएको छ । वडा अध्यक्ष सहित सयौं संख्यामा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाछन् । एमाले महालक्ष्मी नगरको प्रथम अधिवेशनको अवसरमा आयोजीत कार्यक्रमा नगरका वडा नं ३ का वडा अध्यक्ष भरत थापा नेतृत्वमा सयौं नेता तथा कार्यबर्ता एमालेमा माओवदी पार्टी परितयाग गरी प्रवेश गरेका हुन । यो संगै महालक्ष्मी नगरपालिकामा माओवादी क्लिन सिप भएको छ ।
पार्टी प्रवेश गरेका समपूर्णलाई पार्टीका जिल्ला अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश् १ सभा सदस्य तथा न्याय प्रशासन तथा विद्यायन समितीका सभापति इंन्द्रमणी पराजुली , जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान , मेयर पर्शुराम नेपाल, उपमेयर मन्जु अधिकारी, पार्टीका प्रदेश सदस्य दिपक बुढाथोकी ,लगायत पार्टीका प्रदेश ,जिल्ला, नगर र वडाका नेताहरुले फुलमाला खदा अबिर लगाई स्वागत गरिएको थियो । प्रवेशि युवा नेता भरत थापाले पार्टी प्रवेश पछि बोल्नु हुदै समाज परिवर्तन र आर्थिक समृद्धि र समाजवाद निमार्णका लागि एमाले पार्टी बाट मात्र सम्भव रहेको बताउनु भयो ।


प्रथम नगर अधिवेशन तथा नव प्रवेशि नेताहरुलाई स्वागत गर्नु हुदै सघीय संसद राजेन्द्र राईले यस अघि गौरवशाली पार्टी एमालेका अध्यक्ष केपी वली नेतृत्वको सरकारबाट राष्ट्र र जनताको पक्षमा जनताको हितमा काम गर्ने पार्टीको रुपमा पुष्टि भइसकेको बताउनु भयो । एमाले पार्टीले गरेका लोकप्रीय काम तथा निति सिद्धान्त राम्रो भएका कारण विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने लहर देशभर बढि रहेको भन्दै आगामी निवार्चनमा एमाले पार्टीको सानदार जितहुने दावी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय