हेटौंडा । १६ वर्षमा जनयुद्धमा होमिएकी नेकपा (माओवादी केन्द्र)की नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छन् ।

नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यस अघि दुई पटक सांसद भइसकेकी छन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

तत्कालीन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिइन् ।

२०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । माओवादी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन् । मोक्तान मकवानपुरकी जुझारु महिला नेतृ हुन् ।

सुनौलो नेपाल् बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय