काठमाडौँ कार्तिक ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेको छ ।
आज वसेको पार्टीको केन्द्रीय विषेश समितिको वैठकले आगामी मंसिर ११ देखि १३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको हो। महाधिवेशन मिति सार्बजनिक सङ्गै सक्रिय सदस्य बनाउने को अबधि कार्तिक १५ गते सम्म बढाएको छ ।यस्तै सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको छ । जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १, २ र ३ गर्नु पर्ने महाधिवेशन केन्द्रीय प्रचार प्रसार समिति का सदस्य जनकराज पाठक ले जानकारी गराउनु भयो ।
बैठकले महाधिवेशन तयारी ९ समिति गठन गरेको छ ।गठन समितीहरु सामाजिक कार्यपत्र समिति, आर्थिक कार्यपत्र समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्थापन समिति, स्वास्थ्य समिति, प्रतार प्रसार समिति, स्वागत समिति र स्वंयम सेवक परिचालन समिति रहेका छन् ।














