शहिदभुमि गाउपालिकामा बिहिवार देखि माेतिबिन्दु सम्बन्धि निशुल्क आखा जाँच शिविर सुरु भएको छ । गाउँपालिकाले माेतिबिन्दु समस्या भएका बिरामीहरूलाई ( स्केनिङ) गरेर बिरामी छनाेट गरि अपरेसन तथा उपचार गर्ने छ । शिविरको पहिलो दिन गाउपालिकाकाे वडा नं ६ आखिसल्ला स्वास्थ चाैकीमा सञ्चालन गरिएको छ । त्यस्तै गरि शिविर कात्तिक १२ गते सुक्रबार वडा नं ४ काे वडा कार्यलयमा सञ्चालन गरिने छ । भने वडा नं ५ मा कात्तिक १३ गते शनिबार वडा कार्यलमा सञ्चालन हुनेछ । त्यस्तै गरि वडा नं ३ मा कात्तिक १६ गते वडा कार्यलयमा शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष मनाेज राईले जानकारी दिनुभएको छ ।उत्त शिविरमा गाउँ बासि सम्पूर्णलाई सहभागी भई आखामा हुने माेतिबिन्दुकाे समस्या समाधानकाे लाभ लिनहुन आह्वान गिरएकाे छ । साे शिविर नेत्रज्याेति संघ डा. राम प्रसाद पाेख्रेल आखा अस्पताल धनकुटाकाे प्राबिधिक सहयोगमा सञ्चालन गरिएको हाे । शिविरमा माेतिबिन्दु अपरेसन काे समेत व्यवस्था गरिएको छ ।  बाकी  वडाहरुमा शिविर  तिहार पछि सञ्चालन गरिन्ने छ ।         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय