काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामाको विषयलाई लिएर सर्वोच्च अदालत भित्रै वकिलहरूबीच कुटाकुट भएको छ। दुई जना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच अदालत परिसरमै कुटाकुट भएको हो।
प्रधानन्यायाधीशको राजीनामाको विषयलाई लिएर भएको विवाद बढ्दै गएपछि सर्वोच्च अदालत परिसर भित्रै कुटाकुट भएको एक अधिवक्तले जानकारी दिए । ‘विवाद चर्किँदै गएपछि सुरुमा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन्। त्यसपछि हात हालाहाल सुरु भयो,’ ती अधिवक्ताले भने।
कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका थिए भने अर्का अधिवक्ता चुँडालले प्रधानन्यायाधीशको विरोध गरेर इजलास नै रोक्न नहुने बताउँदै आएका थिए।












