ललितपुर कार्तिक १३।तामाङ पत्रकार संघ ललितपुर को तेस्रो अबिधेशन सनिवार भएको छ । अधिवेशनले प्रकाश थिङ्को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा कबिराज काल्तान तामङ , सचिव खुशी थिङ तामङ , कोषाध्यक्ष बुद्दिराम तामङ , चयन भएका छन ।

कार्यक्रममा तामङ पत्रकार संघको केन्द्रिय अध्यक्ष बिष्णु तामाङको प्रमुख आथित्यमा भएको थियो । अध्यक्ष तामङ्ले तामङ पत्रकार हरुको हक हित मा निरन्तर काम गरिरहेको र आगामी दिनहरुमा नेतृत्व परिवर्तन भएपनी सहयोग गरिरहने प्रतिबद्धता गर्नु भएको थियो।ललितपुर जिल्ला बाट नै सुरु गरेको र हाल १९ वटा जिल्ला भन्दा बढिमा तामङ पत्रकार संघ बिस्तार भैसकेको को भताउनु भयो।
साइला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा , नेपाल पत्रकार महासंघ सदस्य सन्जु ब्लोन तामङ लगायतको अतिथिहरु उपस्थित रहेको थियो ।त्यसै गरि अधिवेशनले प्रदेश प्रतिनिधिको लागि साइला तामङ,खुसी तामङ र प्रकाश तामङ सिफारिस गरेको छ भने केन्द्रिय प्रतिनिधिको लागी शान्ति थिङ,जिबि लामा र प्रकाश् थिङ छनौट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय