धनकुटा ,

नेपाल रेडक्रस शोसाईटी छथर जोरपाटी गाउँपालिका सिंधुवा शाखाले १ दिने खुल्ला रक्तदान कार्यक्रम सन्चालन गरेको छ । शुक्रबार बिहान १० बजेबाट सिंधुवा बजारमा शुरु भएको रक्तदान कार्यक्रममा सिंधुवाबासी सहित शाखाका सह–कोषाध्यक्ष तथा हाँस्य कलाकार पुष्पराज ओझाले १७ औं पटक रक्तदान गर्नुभएको छ ।
रक्तदान कार्यक्रममा शाखाका अध्यक्ष निलबहादुर थापाको अध्यक्षता तथा नेपाल रेडक्रस शोसाईटी १ नं. प्रदेशका सभापति नरेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा ६ नं. वडाका वडा अध्यक्ष दिलबहादुर थापा,रेडक्रस शोसाईटी धनकुटा शाखाका मन्त्री छत्रकुमार श्रेष्ठ,पालिका सदस्य टिमला श्रेष्ठ,सरस्वती मा.बि.सिधुवाका प्रधानाध्यापक केदार अधिकारी,औषधी ब्यबसायी संघका महासचिव भोगेन्द्र थापा लगाएतको उपस्थिति रहेको थियो ।

निगाले सिमेन्टको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रम बेलुका सम्म सन्चालन हुने रेडक्रस सोशाईटी सिंधुवा शाखाका सचिव सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।
रक्त सन्चार केन्द्र धरानको प्राबिधिक सहयोगमा सम्पन्न यो रक्तदान कार्यक्रम शाखाको पाँचौ रक्तदान कार्यक्रम हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय