हेटौडा ,असोज २३। करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने  एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्तिले उदघाटन गर्नु भएको हो । बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ ।

‘नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउन सक्नु गर्वको बिषय हो । अहिले १४ वटा कार्यालयको सुचना सूचना बैंकमा आउनेछ । बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउन सक्ने गरी बनाउन सकिनेछ । सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ मन्त्री शाक्यले भन्नुभयो ‘अव बागमती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ । बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो ।’ मन्त्री शाक्यका अनुसार मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य  गरिरहेको छ । ‘त्यसका लागि मन्त्रालय दत्तचित्त भएर लागिरहेको छ’ मन्त्री शाक्यले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय