नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठेको बताउनुभएको छ ।

सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो । संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरू समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उहाँले बताउनुभयो ।

 

राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।

उहाँले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने पनि बताउनुभयो । देशमा पार्टी व्यवस्थित रूपमा चल्नुपर्ने, संवैधानिक निकायहरू व्यवस्थित रूपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उहाँले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय