नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए। राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी

सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको पुष्टि हुँदै गएको बताए। ‘हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउन

सकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ, मधेशमा विकास निर्माणका धेरै कार्यहरू भएका छन्,’ उनले भने। एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि विभिन्न कार्यक्रम ल्याएको उनले दावी गरे। एमाले नेतृत्वको सरकारले

सुकुम्बासी, भूमिहीन तथा गरिबका लागि उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी जग्गा दिन खोजेको उनको भनाइ छ। ‘२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको

सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहीनले जग्गा पाउँथे,’ नेता बस्नेतले भने। रुपन्देहीको विकासका निम्ति विष्णु पौडेलले सशक्त रूपमा नेतृत्व गरेको उनले दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय