१६कात्तिक ०७८, दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखा ले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।
प्रशासनले सोमबार सूचना जारी गरी कोरोना रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।













