शहिदभुमि गाउपालिकाले कार्तिक ११ गते देखि सञ्चालन गरेकोे निशुल्क आखा शिविरमा २ सय ९२ जनाले सेवा लिएकाछन । गाउपालिकाको वडा नं ६ मा ७८ , वडा नं ४ मा ७८ ,वडा नं ३ मा ६४ र वडा नं ५ मा ७२ जना गरी २ सय ९२ जनाको मोतिबिन्दु सम्बन्धी समस्याको स्केनिङ आखा जाँच गरी चस्मा वितरण गरिएको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर महोमोदले जानकारी दिनुभएको छ ।

त्यस्तै गरीे पहिलो चरण अन्तरगत ४ वटा वडामा शिविर सञ्चालन गरिएको हो । अन्य बाकी वडामा भने तिहार पछि कार्तिक २२ गते वडा नं ७ र वडा नं १ कार्तिक २३ र वडा नं २ मा कार्तिक २५ गते शिविर सञ्चालन गरिने स्वास्थय कार्यलयले जनाएको छ । शिविर गाँउपालिकाको आयोजना तथा नेत्रज्योति संघ डा.राम प्रसाद पोख्रेल आखा अस्पताल धनकुटाको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय