ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा लागेको आगलागीबाट ४ जनाको मृत्यु भएको हो ।
आगलागीमा परेर मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेका छन् । आगलागीमा परेर दुई जना घाइते भएका छन् ।अहिले आगो निभाउने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिए । आगलागी ग्यास सिलिन्डर पड्केर भएको आशंका गरिएको छ ।
म्ह: पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगो सल्किएको र पछि ग्यास विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।












