न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनमत संग्रहको कदर गर्दै यस्तो नियम लागू गरेको हो । १८ वर्ष पुगेका कुनै पनि व्यक्तिलाई निको नहुने खालका रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने भएको मापदण्ड बनाएको हो । त्यसका लागि भने कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गर्नु पर्ने छ ।

न्युजिल्याण्डले गत अक्टोबरमा यसका लागि जनमत संग्रह गरेको थियो । सो जनमत संग्रहमा ६५.१ प्रतिशत मत यसको पक्षमा खसेको थियो । बहुमतका साथ उक्त कानुन पास भएको थियो। इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय