भोजपुर– १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण र अरुण नदिमा कुनैपनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताएका छन् । उनले गृहजिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको एक बधाई तथा शुभकामना कार्यक्रममा उक्त कुरा बताएका हुन् । पूर्व मुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा विवाद भएको भन्दै नामकरण गर्न नसकिएको बताए पनि राईले भने प्रदेश नामाकरणको बिषयमा छलफल नै नभएको बताएको छन् । प्रदेशको नामाकरण गर्ने बिषयमा कम्तिमा दुईतिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ र प्रदेशको नामाकरणको बिषयमा ठुला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ । यो भन्दा अगाडी त्यस्तो नभएको र अब गठबन्धनले यही प्रकृयाबाट नामाकरणको बिषयमा अगाडी बढ्ने समेत मुख्यमन्त्री राईले बताएका छन् ।

उनले कार्यक्रममा विगत लामो समयदेखी भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदिमा पक्कि पुल निर्माण हुन नसकेकोमा आफु दुखी रहेको बताए । आफु पदमा नपुग्दा काम नभएपनि आफ्नो कार्यकाल छोटो भएपनि अरुण नदिमा ज्ञारेन्टीका साथ पक्कि पुल निर्माण हुने निति बनाउने उनले प्रतिवद्धता जनाए ।

गृह जिल्लाको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राई षडानन्द माध्यमिक विद्यालय, अरुण माध्यमिक विद्यालय र षडानन्द नगरपालिकाले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सहभागी भएका थिए । मुख्यमन्त्री राई मंगलबार गृहनगर दिङ्लाबाट संखुवासभा हुँदै धनकुटा जाने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय