एमालेको आगामी १० मंङ्सिरदेखि १२ गतेसम्म आयोजना हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार २७ जिल्लामा प्रतिनिधि चयन सर्वसम्मत भएको छ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु २७ वटा जिल्लामा सर्वसम्मत चयन भएको एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘जन संगठन, विशेष कमिटी र विभागको सर्वसम्मत नेतृत्व भएको छ। भूगोल र जिल्ला कमिटीको २७ जिल्लाको सर्वसम्मतको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छ,’ उनले भने,‘अधिकाश जिल्लाको पनि सर्वसम्मतको प्रयास भइरहेको छ, हामी छलफलमा छौं।’उनले देशैभर सर्वसम्मत प्रतिनिधि चयन गर्ने भनिए पछि कम्तिमा १० देखि १५ ठाउँमा मात्रै निर्वाचनको माध्यमबाट टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने बताए।

‘आज राति बसेर भए पनि सहमति गर्छौं। नहुने ठाउँमा चुनावबाट नै छनोट हुन्छ,’ उनले भने, ‘सकेसम्म हामीले सर्वसम्मतका लागि नै प्रयास जारी राखेका छौं।’एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी १० मङ्सिरदेखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ। यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको छ।

त्यसका लागि शनिबार भएको प्रतिनिधि छनोटमा कतिपय स्थानमा धाँधली भएको आरोप पनि लागेको छ। शनिबार नै केन्द्रीय सदस्य झपट रावलले‍ कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग गरी कार्यकर्ता चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण गरिएको, जबजको उपहास भएको भन्दै आपत्ति जनाएका छन्।

देशका अन्य स्थानमा पनि जबरजस्ती रुपमा प्रतिनिधि चयन भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय