२८ कात्तिक, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सूचक १.३८ अंकले घटेको बजारमा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

गत साता पनि निरन्तर ओरोलो लागेको नेप्से आइतबारको गिरावट पछि २६८८.९२ विन्दुमा आइपुगेको छ ।

आइतबार २३० कम्पनीको ७४ लाख ३४ हजार कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएका छन् । आज १०३ कम्पनीको सेयर बढ्दा ७५ वटाको मूल्य भने घटेको थियो । यस्तै ८ वटा कम्पनीको शेयर मूल्यआज घटबढ भएन ।

घट्दो बजारमा पनि आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा बढेर सर्किट लाग्यो भने अन्य तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो ।आज महालक्ष्मी विकास बैंक,आइसी एफसी फाइन्यान्स र नबिल बैंकको शेयर दोस्रो बजारमा धेरै कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय