चितवन : चितवनमा पेट्रोलयम पदार्थको मुल्य वृद्धिको बिरोध गर्दै बन्द सफल बनाउन नाराबाजीमा उत्रेका विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । आज मंगलबार बिहान लायन्सचोकबाट नेत्रविक्रम चन्द विप्लव समूहका बन्द सफल बनाउन नाराबाजीमा उत्रेका ७ जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
चितवनमा विहानैदेखि सवारी साधनहरु निकै कम मात्रामा चलेका छन् । सवारी साधनहरु कम मात्रा चल्दा यात्रुहरुलाई गन्तव्य सम्म पुग्न समस्या भएका छन् ।












