दोलखा,मङ्सिर १। दोलखाको मेलुङ गाउँपालिकामा नेकपा माओवादी( केन्द्र) को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ।
आज मेलुङ गाउँपालिकाको वडा नम्बर -३ बाटुले डाडामा भएको अधिवेशनले गोरख बहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको हो। तेसै गरि उपाध्यक्ष मा दिपेन्द्र कार्की,दिलिप थोकर सचिबमा साङ्दोर्जे गोले र कोष-अध्यक्षमा चिनी खड्का निर्बाचित भएको छ ।
नब निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य शंकर लामा , बिशेष अतिथि नेकपा माओवादी केन्द्र दोलखा जिल्ला सचिवालय सदस्य कृष्ण कार्की, प्रेम लामा,छिरिङ लामा,प्रखर लामा लगायत नेताहरुले खादा, माला र टीका लगाएर बधाई तथा शुभकामना दिनुभएको छ।
अधिबेशनमा नेकपा एमाले परित्याग गरि १५ जना मेलुङ गाउपालिका ३ को नेता तथा कार्यकर्ताहरु नेकपा माओबादी केन्द्र्मा प्रवेश गरेको छ ।












