आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को देशभर वडा सम्मेलन हुँदैछ ।
सम्मेलन बाटै माओवादीले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, ७ प्रतिशत मुस्लिम अनिवार्य गरेको छ । ५१ प्रतिशत पार्टी सदस्य सहभागी नभएको खण्डमा वडा सम्मेलन हुनेछैन् ।
यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ ।
आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ ।












