काठमाडौ मङ्सिर ६।मंसिरको १५ देखी १७ गते हुन गइरहेको राप्रपा अधिवेशन को लागि प्रदेश सभा अन्तरगत सक्रिय सदस्यको आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन सुरु भएको छ।

भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने प्रचार विभागका सदस्य जनकराज पाठक ले सुनौलो समाज लाई बताउनु भएको छ।महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशवाट समेत नेपाल आउने छन् ।उनका तीन अध्यक्षले मनोनित गर्ने प्रतिनिधि वाहेक अन्य सवै महाधिवेशन प्रतिनिधिको टुंगो ८ गते सम्म लागिसक्ने छन।तीन अध्यक्षले कुल प्रतिनिधिको ५%सदस्य महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछन।

उनका अनुसार महाधिवेशनमा सहभागी हुने ७ सय ५३ गाउपालिकाको अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतःमहाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।
सक्रिय सदस्यको मतदान मार्फत प्रत्येक प्रदेशशभा स्तरबाट चयन हुने ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने आजवाट सुरु भएको छ।सुुरु प्रक्रियाले ३ सय ३० प्रदेशबाट ९-९ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
प्रत्येक प्रदेशशभावाट खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक नौ जना प्रतिनिधि चयन हुनेछन भने तोकिएको सक्रिय सदस्यता भन्दा बराबर थप गरेको स्थान वाट क्रमस १,१ थपिदै जानेछन।
राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ५ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने जनक पाठकले जानकारी दिए।
राजसंस्था सहितको हिन्दराष्ट्र नारा सहित आएको राप्रपा नेतृत्वको कारण पटक,पटक फुटदै आएको यसपटक पशुपतिशमशेर राणा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापाको प्रतिस्पर्धा राजेन्द्र लिङदेल,धवल शमशेर राणा ले समेत गर्ने चर्चा छ। दुई दल एकीकरण पछि हुन लागेको एकता महाधिवेशन पहिलो पटक हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय