एमाले पार्टीको आसन्न १० औ महाधीवेशनका लागि धनकुटा बाट निर्वाचित प्रतिनिधिहरुलाई एक कार्यक्रम आयोजना गरी एमाले पार्टी जिल्ला कमिटी धनकुटाले बधाई ज्ञापन तथा प्रमाण पत्र वितरण गरेको छ ।

जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नहकुल छाराहाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले कार्यक्रममा बोल्नु हुदै चितवनमा मंसिर १० देखि १२ सम्म सञ्चालन हुने आसन्न महाधिवेशनमा सहभागि प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नु हुदै उहाले अब केन्द्रिय सदस्य आउने गरी भुमिका खेल्न प्रतिनिधिहरुलाई शुभकामना दिनुभयो ।

त्यस्तै गरी जिल्ला पार्टी अध्यक्ष तथा संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले धनकुटाका प्रतिनिधिहरु भूगोल क्षेत्रका अधारमा न्याय गरेर ,समेटेर ,पार्टीको काम र दक्षतालाई हेरेर सबैलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरी सर्वसम्मत प्रतिनिधिहरु निर्वाचित गरेकाले आफ्नो भुमिका अभिभावकको जस्तो रहनेमा आफू विश्वस्त रहेको बताउनु हुदै सबै नेता कार्यकर्ताको भावना अनुरुप काम गर्ने र केन्द्रिय सदस्यमा उम्मेदवार बन्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन नेकपा एमाले जिलला निर्वाचन कमिटीका सचिव मीनप्रसाद अधिकारीले गर्नु भएको थयो । ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय