काठमाडौ मङ्सिर ९।नेपाल तामाङ कलाकार सङ्घले ‘दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८’ मङ्सिर २४ र २५ गते महोत्सव गर्ने भएको छ।
कार्यक्रममा तामाङ संस्कृति सभ्यता झल्किने प्रस्तुतिहरू हुने आयोजक टीमले जानकारी गराउनु भयो। कार्यक्रमको मूल आकर्षण ताम्बा संस्कृति रहनुको साथै ताम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति हुनेछ ।
सङ्घले प्रत्येक वर्ष गरिने भनिएको महोत्सव कोभिड को कारण रोकिएको थियो। महोत्सवमा सेलो‚ म्हेन्दोमाया‚ खन्दोके र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् ।पहिलो महोत्सव सङ्घले तामाङ सेलो सङ्गीत तथा खाना महोत्सव २०७६ मा सम्पन्न गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय