धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।दुर्घटनामा घाइते मृतककी आमा मिठु अर्यालको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालकलाई प्रहरीको पक्राउ गरेको छ ।