दोलखा मङ्सिर ११ । नेकपा माओवादी केन्द्र मेलुङ गाउँपालिका कमिटीको अध्यक्षमा प्रखर लामा तामाङ चयन हुनुभएको छ । सनिवार सम्पन्न पालिकाको प्रथम सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

समितिको तीन उपाध्यक्षमा छिरिङ थोकर,रमेश लामा र कृष्ण थपालिया रहनुभएको छ । त्यसैगरी सचिवमा लोप्साङ लामा, सहसचिवमा अनिता थापा र कोषाध्यक्षमा शान्त भन्डारी चयन हुनुभएको छ ।

यसैगरी सम्मेलनले कृष्ण कार्कीको अध्यक्षतामा सात सदस्यीय सल्लाहाकार समिति चयन गरेको नव निर्वाचित सचीव लोप्साङ लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिबालय सदस्य शंकर लामा,विशेष अतिथि कृष्ण कार्की ,प्रेम लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

माओवादी केन्द्रले केही दिन अघि वडा सम्मेलन सम्पन्न गरी आज सनिवार देशव्यापी रुपमा पालिकाहरुको सम्मेलन गर्दैछ । तर केही पालिकाहरुमा भने स्थानीय निर्णय अनुसार अगाडि पछाडि भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय